FAQs Complain Problems

नौगाड गाउँपालिकाको संक्षिप्त परिचय

नेपाल राज्यको पुनः संरचना संगै नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुला जिल्लामा (साविकको इयरकोट, खार, सिप्टी र धुलिगडा गरी  ४ वटा गा.वि.स. लाई समायोजन गरेर) ६ वटा वडाहरु रहेको नौगाड गाउँपालिका मिति २०७३/११/२५ गते घोषणा भएको गाउँपालिका हो ।  यस गाउँपालिकाको पूर्वमा मार्मा र अपिहिमाल गाउँपालिका, पश्चिममा महाकाली नगरपालिका र दुहुँ गाउँपालिका, उत्तरमा दुहुँ र व्याँस गाउँपालिका र दक्षिणमा शैल्य शिखर नगरपालिका संग सिमाना जोडिएको छ । कुल १८०.२७ वर्ग कि.मी. क्षेत्रफल ओगेटेको यस गाउँपालिकाको राष्ट्रिय जनगणना २०७८ अनुसार  जम्मा जनसंख्या १५५२८ रहेको छ  जसमध्ये महिलाको संख्या ८०२८ र पूरुषको संख्या ७५०० रहेको छ त्यसैगरि कुल परिवारको संख्या २९७५ र कुल साक्षरता दर ७४.२% (महिला साक्षरता दर ६५% र पुरष साक्षरता दर ८४.२%)  रहेको छ।